कांग्रेसलाई सुदेश पराजुलीको प्रश्न- ओलीको झेली खेलको साक्षी बस्न तयार हो ? – Nepal Press

कांग्रेसलाई सुदेश पराजुलीको प्रश्न- ओलीको झेली खेलको साक्षी बस्न तयार हो ?

काठमाडौं । नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य सुदेश पराजुलीले प्रधानमन्त्री केपी ओली फेरि पनि संविधान माथि प्रहारमा केन्द्रित भएको आरोप लगाएका छन् ।

प्रधानमन्त्रीले नेकपा एसलाई लक्षित गर्दै दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने तयारी गरेपछि ओलीको सकुनी कौडाको दलदलमा नेपाली कांग्रेस नपर्न आग्रह गरेका छन् ।

उनले भने, ‘केपी ओलीको नेतृत्वमा बनेको अहिलेको सरकार राजनितिक स्थायित्व/स्थिरता कायम गर्नका लागि होइन यो त केवल ओलीको प्रतिशोध साँध्न, संविधान व्यवस्थामाथि प्रहार गर्नका लागि हो,साथै ओलीको छलछाम छलकपट कालो कर्तुत ढाकछोप लागि यो सरकार दिनानुदिन अग्रसर छ ।’

उनले नेपाली कांग्रेस ओलीको झेली खेलको ल्याप्चे र साक्षी मात्र हो ? भन्दै प्रश्न गरे ।

उनले थपे, ‘फेरि पनि ओली संविधानमाथिको प्रहारमा केन्द्रित छन् । ओलीबाट देशमा सुशासन लोकतन्त्रको सुदृढीकरण व्यवस्थाको स्थायित्व हुन्छ भन्नु र काशी जानु कुतिको बाटो भन्नु उस्तै हो ।

 


प्रतिक्रिया

One thought on “कांग्रेसलाई सुदेश पराजुलीको प्रश्न- ओलीको झेली खेलको साक्षी बस्न तयार हो ?

  1. यस्ताको भनाइ भनेर छापेर मिडियाले आफ्नो स्तर घटायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर