५ गोल गरेपछि रेखालाई विश्राम – Nepal Press

५ गोल गरेपछि रेखालाई विश्राम

काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबलअन्तर्गत अहिले भइरहेको खेलमा माल्दिभ्सविरुद्ध ५ गोल गरेकी रेखा पौडेललाई सब्स्टिच्युट गरिएको छ । ८३औं मिनेटमा उनलाई निकालिएको हो ।

दशरथ रंगशालामा भइरहेको खेलमा नेपाल ९-० गोलले अगाडि छ । पहिलो हाफको ३२ र ४२औं मिनेटमा गोल गरेकी रेखाले ४८औं मिनेटमा ह्याट्रिक पूरा गरेकी थिइन् ।

उनले ६३ र ७८औं मिनेटमा गोल थपेकी हुन् । त्यसपछि उनलाई निकालेर अमिषा कार्कीलाई मैदान प्रवेश गराइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *