माल्दिभ्सविरुद्ध प्रीतिको पनि ह्याट्रिक, नेपालको ११ गोल – Nepal Press

माल्दिभ्सविरुद्ध प्रीतिको पनि ह्याट्रिक, नेपालको ११ गोल

काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबलअन्तर्गत अहिले भइरहेको खेलमा माल्दिभ्सविरुद्ध प्रीति राईले पनि ह्याट्रिक पूरा गरेकी छन् ।

रेखा पौडेलपछि प्रीतिले पनि ह्याट्रिक पूरा गरेकी हुन् । दशरथ रंगशालामा भइरहेको खेलमा नेपाल ११-० गोलले अगाडि छ ।

७ र ६५औं मिनेटमा सुरुका दुई गोल गरेकी प्रीतिले ८८औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै ह्याट्रिक पूरा गरेकी थिइन् ।

नेपालका लागि रेखाले पनि ५ गोल गरेकी छन् । उनी ८३औं मिनेटमा सब्स्टिच्युट भएकी थिइन् । पहिलो हाफको ३२ र ४२औं मिनेटमा गोल गरेकी रेखाले ४८औ‌ मिनेटमा ह्याट्रिक पूरा गरेकी थिइन् ।

६३ र ७८औं मिनेटमा थप दुई गोल गरेपछि उनलाई निकालेर अमिषा कार्कीलाई मैदान प्रवेश गराइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *