पशुपति गौशालाबारे अध्ययन गर्न ६ सदस्यीय समिति गठन – Nepal Press

पशुपति गौशालाबारे अध्ययन गर्न ६ सदस्यीय समिति गठन

काठमाडौं । सरकारले पशुपति गौशाला धर्मशालाको यथार्थता अध्ययन गरेर प्रतिवेदन पेश गर्न भन्दै ६ सदस्यीय समिति गठन गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवम् संस्कृति महाशाखा प्रमुखको अध्यक्षतामा समिति गठन गरिएको प्रवक्ता रामृकष्ण लामिछानेले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

समितिको सदस्यमा पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपसचिव, कानून मन्त्रालयका उपसचिव, पुरातत्व विभागका उपसचिव र संस्कृति शाखाका उपसचिव रहेका छन् ।

समितिले धर्मशालाको स्थापनादेखिको अवस्था अध्ययन गर्ने, आयव्ययको विवरण, लेखा परीक्षणको अवस्था, सम्पत्ति, दायित्व, निर्मित संरचनालगायत अध्ययन गर्नेछ ।

तोकिएका सम्पूर्ण विषय अध्ययन गरी ३० दिनभित्र पर्यटनमन्त्री समक्ष प्रतिवेदन पेश गर्न समितिलाई म्याण्डेड दिइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *