नेयमार फर्किएको खेलमा अल हिलालको रोमाञ्चक जित – Nepal Press

नेयमार फर्किएको खेलमा अल हिलालको रोमाञ्चक जित

हेटौँडा । चोटको कारण गत एक वर्षबाट मैदान बाहिर रहेका अल हिलाल स्टार नेयमार सोमबार रातिबाट मैदानमा फर्किएका छन् ।

नेयमारले एएफसी च्याम्पियन्स लिग इलिटमा अल ऐन एफसीविरुद्ध खेल्दै पुनरागमन गरे । उनी ७७औँ मिनेटमा दवासरीको स्थानमा मैदान छिरेका थिए ।

उनी फर्किएको खेलमा अल हिलालले ५(४ को रोमाञ्चक जित निकालेको छ ।

कप्तान सलिम अल दौसारीको उत्कृष्ट प्रदर्शनपले अल हिलालले एएफसी च्याम्पियन्स लिग इलिटमा घरेलु टोली अल ऐन एफसीविरुद्ध ५(४ को रोमाञ्चक जित निकालेको छ ।

लगातार तेस्रो जितसँगै तीन खेलमा ९ अंक जोडेको अल हिलाल शीर्ष स्थानमा छ ।

पराजित अल ऐन समान खेलबाट एक अंकका साथ ११औँ स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *