सामाजिक अभियन्ता उर्मिला चौधरी ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’ बाट सम्मानित – Nepal Press

सामाजिक अभियन्ता उर्मिला चौधरी ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’ बाट सम्मानित

काठमाडौं । सामाजिक अभियन्ता उर्मिला चौधरी ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छन् । अमेरिकी विदेश मन्त्रालयले उक्त सम्मान गरेको हो ।

अमेरिकी विदेशमन्त्री एन्टोनी व्लिङ्केनले चौधरीसहित विभिन्न देशका सामाजिक अभियन्तालाई उक्त अवार्ड प्रदान गरे ।

नेपालमा सीमान्तकृत जात र जातीय समुदायहरूको मानव अधिकार प्रवर्द्धनमा उल्लेखनीय नेतृत्व र प्रतिबद्धता देखाउनुको साथै परम्परागत जातीय विभेद, भेदभाव, र जातिवादको विरुद्ध गरेको काम, शिक्षामा समान पहुँच, न्याय, र आर्थिक विकासको पक्षमा चौधरीको योगदानको कदरस्वरूप अवार्डले सम्मान गरिएको बताइएको छ ।

उर्मिला चौधरी ६ वर्षको उमेरमा कमलरीको रूपमा मालिकको घरमा पुगेकी थिइन् । उनलाई १७ वर्षको उमेरमा उद्धार गरेर पठनपाठनमा सहभागी गराइएको थियो । अहिले कानून पढेर आवाजविहीनहरूको आवाज बनेर अभियानमा लाग्ने प्रण गर्दै आएकी चौधरीले महिला सशक्तिकरणका लागि ४२ वटा सहकारी समूहमार्फत काम गर्दै आएकी छन् ।

चौधरीलाई उक्त अवार्ड नेपालका पिछडिएका अल्पसंख्यक समुदायको लागि विभेद र शोषणको लागि काम गर्दै आएकी सशक्त अभियन्ता तथा मानवअधिकार रक्षाका लागि अतिरिक्त साहस, नेतृत्वदायी भूमिका, मजबुत र प्रतिबद्धताका लागि प्रदान गरिएको स्टेट डिपार्टमेन्टले उल्लेख गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *