११ वर्षीया छात्रालाई ठक्कर दिएर ज्यान लिने बसमा आगजनी – Nepal Press

११ वर्षीया छात्रालाई ठक्कर दिएर ज्यान लिने बसमा आगजनी

जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिका २ स्थित एक छात्रालाई ठक्कर दिएर ज्यान लिएको स्कुल बसमा स्थानीयले आगजनी गरेका छन् ।

स्थानीय रामजानकी बोर्डिङ स्कुलकी छात्रा ११ वर्षीया आरोही मण्डललाई जनज्योति बोर्डिङ स्कुलको बा.३ प. ९०६५ नम्बरको बसले ठक्कर दिएको हो । घाइते मण्डलको उपचारको क्रममा जनकपुरस्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको छ ।

ठक्कर दिने बसमा आक्रोशित भीडले आगजनी गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वरुण बहादुर सिंहले जानकारी दिए । उनका अनुसार बस जलेर क्षतिग्रस्त बनेको छ । अहिले अवस्था सामान्य भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर