भारतीयबाट ह्वाट्सएपमा आएको थियो बमको धम्की – Nepal Press

भारतीयबाट ह्वाट्सएपमा आएको थियो बमको धम्की

काठमाडौं । भिस्तारा एयरको बिमानमा बम राखिएको धम्कीपूर्ण सूचना एक भारतीयले विमानको सक्युरिटीलाई दिएको पाइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी समेत रहेका उपप्रबन्धक ज्ञानेन्द्र भुलका अनुसार ह्वाट्सएपमा कल तथा म्यासेज गरेर उनले उक्त ‘सूचना’ दिएका हुन् ।

विमानमा रहेका सबै यात्रुलाई बाहिर निकालिसकिएको र उक्त जहाजलाई छुट्टै राखेर सुरक्षाकर्मीले चेकजाँच गरिरहेको भुलले जानकारी दिए । अपरान्ह साढे ४ बजे ल्यान्ड भएको उक्त विमानमा कुल १५७ यात्रु थिए ।

म्यासेज तथा कलमा भनिएअनुसार जहाजमा बम रहेको वा नरहेको भन्ने कुरा अहिले पुष्टि भइनसकेको उनले नेपाल प्रेससँग बताए ।

गत शुक्रबार दिल्लीबाट लन्डन गइरहेको भिस्तारा एयरलाइन्सको जहाजलाई बमले उडाइदिने धम्की दिइएको थियो । उक्त धम्कीपश्चात बिमानलाई जर्मनीको फ्याङ्फर्टमा अवतरण गरिएको थियो ।

भिस्तारा भारतीय बिमान कम्पनी हाे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *