भिस्तारा विमानबाटै गगन थापा दिल्ली प्रस्थान – Nepal Press

भिस्तारा विमानबाटै गगन थापा दिल्ली प्रस्थान

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् ।

मंगलबार बम भएको हल्ला आएपछि प्रहरीले सर्च गरेको भिस्तारा एअरको विमानबाटै थापा दिल्ली प्रस्थान गरेका हुन् । उक्त विमानमा बम भएकाे भन्दै एक भारतीयले ह्वाट्सएपमा धम्कीपूर्ण मेसेज आएपछि त्रिभुवन विमानस्थलमा त्रास फैलिएको थियो । प्रहरी तथा सेनाले कडा निगरानीका साथ सर्च गर्दा केही नभेटिएपछि उक्त हल्ला ‘फेक’ रहेको खुलेको हो ।

त्यसपछि विमानले नियमित उडानअन्तर्गत दिल्ली उड्न लागेको हो ।

सोही विमानबाट महामन्त्री थापा नयाँ दिल्लीमा हुने एसिया क्लाइमेट समिटमा सहभागी हुन त्यसतर्फ जान लागेको उनले सामाजिक सञ्चालमार्फत जानकारी गराएका छन् ।

उनले आफूले प्यानल छलफलमा कार्बन व्यापार सम्बन्धी नीतिहरू र वन संरक्षणमा काम गरेको नेपालले त्यसबाट कसरी फाइदा लिन सक्छ भन्ने विषयमा कुराहरू राख्ने उल्लेख गरेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *