बम भएको ‘झुटो’ हल्लापछि नयाँ दिल्ली उड्याे भिस्ताराको विमान (तस्बिरहरु) – Nepal Press

बम भएको ‘झुटो’ हल्लापछि नयाँ दिल्ली उड्याे भिस्ताराको विमान (तस्बिरहरु)

काठमाडौं । दिल्लीबाट काठमाडौं ल्याण्ड गरेको भिस्तारा विमानभित्र बम रहेको हल्ला फेक भएपछि पुनः उडान सुरु भएको छ ।

उक्त विमानले भर्खरै काठमाडौंबाट दिल्लीको उडान गरेको छ । विमान दिल्ली प्रस्थान गरिसकेको विमानस्थल स्रोतले जानकारी दिएको छ ।

एक भारतीयले ह्वाट्सएपमा उक्त विमानभित्र बम छ भनेर धम्कीपूर्ण मेसेज आएपछि प्रहरीले कडा निगरानीका साथ चेकजाँच गरेको थियो । त्यस्तै, नेपाली सेनाको बम डिस्पोजल टोलीले पनि विमानमा सर्च गरेको थियो भने हरेक यात्रुको बडी चेकजाँच गरिएको थियो ।

अन्ततः बमको हल्ला झटो भएको पुष्टि भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *