बर्दघाटका अधिकारीले खिचेको जुम्लाकी ‘बड्डी’ ब्राजिलका भित्तामा – Nepal Press

बर्दघाटका अधिकारीले खिचेको जुम्लाकी ‘बड्डी’ ब्राजिलका भित्तामा

रुपन्देही । पश्चिमेली पोसाकमा सजिएकी जुम्लाकी एक महिलाको तस्वीर‌ ब्राजिलको‌ साओ पाउलो सहरमा आयोजित द बीत एक्जुवेशन ९त्जभ द्यभ्ब्त् भ्हजष्दष्तष्यल० नामक कार्यक्रममा प्रदर्शनीमा राखिएको थियो ।

कार्यक्रम यही अक्टोबर महिनाको ९ देखि १९ तारिकसम्म‌ चलेको थियो । समाजशास्त्रका विद्यार्थी राज अधिकारीले जुम्लाको ग्रामीण परिवेशको अध्ययन अनुसन्धानका‌ क्रममा खिचेको यस तस्वीरलाई विदेशी दर्शकहरुले अत्यन्तै रूचाएका छन् ।

अधिकारी भन्छन् ‘नेपाली संस्कृति, भेषभूषा र चालचलनलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सके नेपाली पर्यटनमा अवश्य टेवा पुग्नेछ’ ।

तस्बिरमा दुर दजारको भेषभूषासँगै मौलिकता झल्किएकोले तस्बिर बिम्ब भएको अधिकारीको भनाइ छ । अधिकारी पश्चिम् नवलपरासीको बर्दघाट नगरपालिकाका स्थायी बासिन्दा हुन् । ‘प्रकृतिले सिर्जना गरेका हरेक कुराको आफ्नै महत्व छ, प्रकृतिका हरेक कुरामा मेरो लगाव छ, लाग्छ तस्वीरमा पनि आत्मा हुन्छ,म त्यस्तो महसुस गर्छु यो मेरो लगाव पनि होला’ अधिकारीको भनाइ छ ।

यसअघि इटलीमा‌ आयोजित फोटो प्रदर्शनीमा समेत अधिकारीले खिचेको ग्रामीण महिलाको तस्वीर‌ प्रदर्शनमा राखिएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर