अमेरिकालाई क्लीन स्वीप गरेको नेपाल ‘ए’ टीमसित हार्‍यो – Nepal Press

अमेरिकालाई क्लीन स्वीप गरेको नेपाल ‘ए’ टीमसित हार्‍यो

नेपाल ८१ रनमा अलआउट, सन्दीपको ४ विकेट अपर्याप्त

काठमाडौं । अमेरिकाको राष्ट्रिय टीमलाई ३ खेलको टी-२० सिरिजमा क्लीनस्वीप गरेको ‘ए’ टीमसँगको अभ्यास खेलमा पराजित बनेको छ । ५० ओभरको खेलमा नेपाल ८१ रनमा अलआउट भयो ।

नेपालका लागि कुशल मल्लले सर्वाधिक १८ रन बनाए । देव खनालले १२ रन र कप्तान रोहित पौडेल ११ रन बनाएर आउट भए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । २५.२ ओभरमा नेपालले सबै विकेट गुमाएको थियो ।

अमेरिकाले २३.१ बलमा ६ विकेट गुमाएर लक्ष भेट्यो । नेपालका स्पिनर सन्दीप लामिछानेले ४ विकेट लिए पनि जितका लागि पर्याप्त भएन ।

नेपालले कार्तिक ९ बाट १९ गतेसम्म अमेरिकामै हुने विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक ओडिआई सिरिज खेल्ने छ । यस सिरिजमा घरेलु टोली नेपाल, अमेरिका र स्कटल्यान्ड भिड्दैछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर