दक्षिण अफ्रिकाका लिजेन्ड जोन्टी रोड्स पोखरा एभेन्जर्सको मेन्टर नियुक्त, तीन वर्षको सम्झौता – Nepal Press

दक्षिण अफ्रिकाका लिजेन्ड जोन्टी रोड्स पोखरा एभेन्जर्सको मेन्टर नियुक्त, तीन वर्षको सम्झौता

काठमाडौं । दक्षिण अफ्रिकाका लिजेन्ड क्रिकेटर जोन्टी रोड्स नेपाल प्रिमियर लिगको फ्रेन्चाइज पोखरा एभेन्जरमा आवद्ध भएका छन् । उनीसँग ३ वर्षको सम्झौता गरिएको पोखरा एभेञ्जर्सले जनाएको छ ।

जोन्टी क्रिकेट जगतमा सर्वकालीन सर्वोत्कृष्ट फिल्डरका रूपमा सुपरिचित छन् । एनपीएलको पहिलो संस्करणमा जोडिने उनी सबैभन्दा ठूलो विदेशी नाम हुनसक्ने दाबी गरिएको छ ।

नोभेम्बर ६ तारिखमा पोखरा एभेञ्जर्सले लोमान्थाङमा टीमको जर्सी रिभिल गर्ने तयारी गरेको छ । जोन्टीले नोभेम्बर ७ मा टीम जर्सी रिभिलको भिडियो रिलिज गर्ने कार्यक्रम तय भएको पोखरा एभेन्जर्स स्रोतले बतायो ।

जोन्टी केही वर्षअघि नेपालको राष्ट्रिय टीम र उमेर समूहको टीमलाई छोटो प्रशिक्षणका लागि आएका थिए । हाल उनी आइपीएलको लखनउ सुपरजायन्ट्समा आवद्ध छन् ।

पोखरा एभेन्जर्सले चार विदेशी खेलाडीको कोटामा तीन खेलाडी अनुबन्ध गरिसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर