रास्वपाका कार्यकर्ताबाट सहकारी पीडित लखेटिए, पिटिए : पीडित संघर्ष समिति – Nepal Press

रास्वपाका कार्यकर्ताबाट सहकारी पीडित लखेटिए, पिटिए : पीडित संघर्ष समिति

पोखरा । सुर्यदर्शन बचत पीडित संघर्ष तथा तदर्थ समिति र पोखरा सहकारी बचत पीडित संघ पीडित कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका कार्यकर्ताबाट सहकारी पीडित लखेटिएको आरोप लगाएका छन् ।

बुधवार विज्ञप्ति जारी गर्दै समितिले रास्वपाका कार्यकर्ताबाट सहकारी पीडित लखेटिएको र कुटिएको आरोप लगाएका हुन् ।

सहकारीको बचत र अनुसन्धानलाई नै प्रभाव पार्ने किसिमको कार्यक्रम दिनहुँ जसो पोखरामा भइराखेका समितिले जनाएको छ ।

पोखराको शान्त वातावरण नै बिथोल्ने गरी पीडित बचतकर्ताबिरुद्ध गरेको कार्यक्रम, नाराबाजी, भाषणका साथै टोल टोल र घर घरमा पुगी पीडित बचतकर्तालाई भड्‌काउने गरेको भन्दै समितिले भर्त्सना गरेको छ ।

गत शुक्रवार सभापति रवि लामिछाने पक्राउ रास्वपाले निरन्तर प्रदर्शन गर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *