ओली सरकारको समीक्षा गर्न सत्ता गठबन्धनको बैठक फेरि बस्ने, थप रणनीति पनि बनाउने – Nepal Press

ओली सरकारको समीक्षा गर्न सत्ता गठबन्धनको बैठक फेरि बस्ने, थप रणनीति पनि बनाउने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको समीक्षा गर्नको लागि सत्तारुढ दलको बैठक फेरि बस्ने भएको छ।

आज बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले शुक्रवार फेरि बैठक बस्ने तय गरेको एमालेका महासचिव शंकर पोखरेलले बताए।

उनले भने, अहिलेसम्म सरकारले गरेका कामहरू र आगामी दिनमा सरकार रहेका दलहरू सामूहिक रूपमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्न पर्सी ३ बजे गठबन्धनको बैठक बसेर आफ्नो पृष्ठभूमि बाहिर ल्याउने सहमति गरेका छौँ।

उनले सरकारको सय दिनको उपलब्धि आज प्रधानमन्त्रीले सार्वजनिक गर्ने समेत बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर