पैसा नदिए विस्फोट गराउने भन्दै म्यानेजरलाई मोबाइलमा म्यासेज गर्ने कामदार पक्राउ – Nepal Press

पैसा नदिए विस्फोट गराउने भन्दै म्यानेजरलाई मोबाइलमा म्यासेज गर्ने कामदार पक्राउ

काठमाडौं । आफ्नै म्यानेजरको मोबाइलमा म्यासेज पठाएर पैसा नदिए कम्पनीमा बम विस्फोट गराइदिने धम्की दिएको आरोपमा एक जना पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सिन्धुपाल्चोक ज्यामिरे घर भई हाल काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका- ८ बस्ने ३२ वर्षीय पदम भन्ने आकाश तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

चिनियाँ नागरिकले सञ्चालन गरेको सिसुवान याङ टेक्स्टाइल कम्पनीको म्यानेजरको मोबाइलमा एसएमएस गरी रकम माग गरेको, रकम नदिएमा कम्पनीमा बम विस्फोट गरी ध्वस्त बनाइदिने भनी धम्की दिएको उजुरीपछि तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनी काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका- ८ स्थित सोही कम्पनीबाट पक्राउ परेका हुन् । प्रारम्भिक अनुसन्धानको क्रममा असोज २१ गते राति उक्त कम्पनीमा लेबरको काम गर्ने तामाङले अपरिचित मोबाइल नम्बरबाट पार्टीलाई १ लाख ५० हजारदेखि २ लाख रूपैयाँसम्म सहयोग गर्नुप¥यो, सो रकम नदिएमा बम विस्फोट गराई क्षति गराइदिने भन्ने व्यहोराको एसएमएस गरेको खुल्न आएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर