४ महिना नपुग्दै चितवनका सीडीओ यादवको सरुवा, पौडेललाई जिम्मेवारी – Nepal Press

४ महिना नपुग्दै चितवनका सीडीओ यादवको सरुवा, पौडेललाई जिम्मेवारी

काठमाडौं । चार महिना नपुग्दै चितवनको प्रमुख जिल्ला अधिकारी सरुवा भएका छन् ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव गत जेठ २३ गतेदेखि चितवनको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा गएकोमा ४ महिना नपुग्दै उनी मन्त्रालय तानिएका हुन् ।

गृहमन्त्री रमेश लेखकले बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयमा फाजिलमा रहेका सहसचिव प्रकाश पौडेललाई चितवनको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएर यादवलाई मन्त्रालय तानेका हुन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर