अपहरणमा परेँ भन्दै फोन, प्रहरी भन्छ- पीडित भनिएकी महिला सम्पर्कमा – Nepal Press

अपहरणमा परेँ भन्दै फोन, प्रहरी भन्छ- पीडित भनिएकी महिला सम्पर्कमा

काठमाडौं । कोटेश्वरबाट अपहरणमा परेको भन्दै एक महिलाले फोन गरेपछि प्रहरीको टोली परिचालन भएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली महिलाले भनेको स्थानतर्फ परिचालन भएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराईले पीडित भनिएकी महिला सम्पर्कमा रहेको र प्रहरीको टोली घटनास्थलमा पुग्न लागेको जानकारी दिए ।

‘फोन आएपछि प्रहरीको टोली त्यसतर्फ प्रस्थान गरेको छ । पीडित भनिएकी व्यक्ति हाम्रो सम्पर्कमा छिन्’, उनले भने । प्रारम्भिक अनुसन्धानमा अपहरणमा परेँ भन्दै फोन गर्ने व्यक्ति वैदेशिक रोजगारीमा लैजाने कार्यमा संलग्न रहेको खुलेको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *