ट्रु कलरमा सीआईबी प्रमुखको नाम र तस्विर राखेर धम्की दिएको आरोपमा युवक पक्राउ – Nepal Press

ट्रु कलरमा सीआईबी प्रमुखको नाम र तस्विर राखेर धम्की दिएको आरोपमा युवक पक्राउ

काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) प्रमुख दीपक थापाको नाम र तस्विर ट्रु कलरमा राखेर धम्की दिएको आरोपमा युवक पक्राउ परेका छन्।

सीआईबीले विराटनगरका ३० वर्षीय हेमकुमार खड्कालाई पक्राउ गरेको हो।

उनले विभिन्न व्यक्ति र वित्तिय संस्थाहरुलाई धम्की दिएको सीआईबीले जनाएको छ। सीआईबीका कर्मचारी, लोगोको दुरुपयोग गरी धाक धम्की दिनेबारे सूचना दिन पनि प्रहरीले आग्रह गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर