रवि लामिछानेको बयानमा विलम्ब, नसकिएसम्म कुर्सीबाट नउठ्ने अडान – Nepal Press

रवि लामिछानेको बयानमा विलम्ब, नसकिएसम्म कुर्सीबाट नउठ्ने अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सरकारी वकिल कार्यालयमा बयान लम्बिएको छ । साढे दुई बजेबाट सुरु भएको बयानमा अनावश्यक लम्ब्याइएको भन्दै रवि असन्तुष्ट बनेका छन् ।

सरकारी वकिलको कार्यालयमा दिउसो साढे दुई बजेबाट सुरु भएको बयान बेलुकी सात बजेसम्म सकिएको छैन । बयान अधुरो राखेर भोलि म्याद थपका लागि बहाना बनाउन खोजिएको भन्दै रविले विरोध जनाइरहेको स्रोतले बतायो ।

स्रोतका अनुसार आज जसरी पनि बयान सक्नुपर्ने अडानमा उनी छन् । उनले भनेका छन्, ‘आज बयान नसकेसम्म यो कुर्सीबाट उठ्दिन ।’

जिल्ला अदालत कास्कीले रविलाई ६ दिन थुनामा राख्न अनुमति दिएको थियो । उक्त म्याद आज सकिएको छ । अझै थुनामा राख्नका लागि प्रहरीले भोलि रविलाई अदालतमा पेश गर्दैछ । अनुसन्धान नसकिएको भन्दै थप केही दिन माग्ने प्रहरीको तयारी छ ।

 


प्रतिक्रिया

3 thoughts on “रवि लामिछानेको बयानमा विलम्ब, नसकिएसम्म कुर्सीबाट नउठ्ने अडान

  1. भ्रष्टाचार र अपराधले ओलि सरकार पुरिएको छ!
    सहकारी ठग रवि हैनन, काङ्ग्रेस- एमालेका धनराज गुरुङ र ऋशिकेश पोख्रेलहरु हुन!😡

  2. दुई बजे बयान शुरू किन ? दश बजे किन भएन ? नियत के ? बाख्रा चोर, घडी चोर, केटी चोर, रातो पासपोर्ट बेचुवाको ईच्छा पूरा गर्न ? तिनको पनि आफ्नो ईच्छा होईन । ती त भाडाका टट्टु हुन्। शिरोहिया, चौधरी जस्ता देश लुटेराहरूका भाडाका टट्टु । नौटंकी धेरै नगर सरकार । दुधको दूध पानीको पानी गर । जो चोर उसैको ठूलो स्वर ? वास्तविक ठगहरू खुलेआम । भेटलास जनताको । अति भयो भने यी विविध चोरहरूले नेपालमा टेक्ने जमिन नपाउलान है ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *