लुम्बिनीमा थपिएका ३ मन्त्रीको आज शपथ – Nepal Press

लुम्बिनीमा थपिएका ३ मन्त्रीको आज शपथ

रुपन्देही । लुम्बिनीमा बुधवार थपिएका ३ मन्त्रीको आज शपथग्रहण हुने भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले तीन महिनापछि तीन मन्त्री थपेका छन् ।

तर सरकारमा सहभागी बनाउने साना दलमध्ये लोसपा र नागरिक उन्मुक्ति कसलाई समेट्ने भन्ने विषयमा सत्तारूढ नेपाली कांग्रेसले निर्णय दिन नसक्दा एक मन्त्री चयन अन्तिम समयमा रोकिएको छ ।

साउन ७ गते मुख्यमन्त्री बनेका आचार्यले बुधवार नेपाली कांग्रेसको तर्फबाट बर्दियाका जन्मजय तिमिल्सिना र पश्चिम नवलपरासीका देवकरण कलबार तथा जसपाबाट बाँकेका आदेश अग्रवाललाई मन्त्री बनाएका हुन् ।

तिमिल्सिनाले सामाजिक विकास , कलबारले बन तथा वातावरण र अग्रवालले आन्तरिक मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

आज बिहान ८ बजे बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा उनीहरूलाई शपथग्रहण गराउने कार्यक्रम रहेको सूचना अधिकारी सुरेश भुसालले जनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर