सिलामसाक्माको पृष्ठभूमिमा सलल झरेको फुङफुङे झरना (तस्बिरहरू)
२०८१ कार्तिक ८ गते ७:३३
ताप्लेजुङ । झरना बाह्रै महिना झर्छ । सँगै रहेको जलविद्युत परियोजनाको कारण सडक पहुँच पुगेको छ ।
३०० मिटर उचाइबाट झर्ने यो झरना कोशी प्रदेशको ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ साँबामा रहेको छ ।
नेपाल भ्रमण बर्स सन २०२० को १०० गन्तव्य मा एक यो झरना याक्थुङ लिम्बुहरूको कल्चरल ट्रेल मुन्धुम ट्रेलको एक गन्तव्य पनि हो ।
यो झरनाको परिसरमा अहिले लिम्बु समुदायको कल्चरल बिल्ब सिलामसाक्मा उभ्याइएको छ ।
यसले झरनालाई झन् सार्थकता दिएको धेरैको प्रतिक्रिया छ ।
प्रतिक्रिया
सम्बन्धित खवर