इङ्लिस क्लब लिभरपुल र सिटी विजयी – Nepal Press

इङ्लिस क्लब लिभरपुल र सिटी विजयी

हेटौँडा । युरोपेली च्याम्पियन्स लिगमा इङ्लिस क्लबहरू लिभरपुल र म्यान्चेस्टर सिटीले जित निकालेको छ ।

गएराति भएको खेलमा लिभरपुलले जर्मन क्लब लेपेजलाई १-० ले पराजित गर्‍यो । खेलमा एक मात्र विजयी गोल लिभरपुलका नुनेजले गरेका थिए ।

गएरातिनै भएको अर्को खेलमा म्यान्चेस्टर सिटीले एसी पार्टालाई ५-० ले हरायो । सिटीको लागी हाल्यान्डले दुई तथा फोडेन, स्टोनिस र नुनेले समान १ गोल गरे ।

खेलपछि लिभरपुल तीन खेलपछि ९ अङ्क सहित दोस्रो नम्बरमा उक्लँदा समान खेलबाट ७ अङ्क सहित तेस्रो नम्बरमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *