सचिव बढुवाका लागि सहसचिव विष्टको एकल नाम सिफारिस – Nepal Press

सचिव बढुवाका लागि सहसचिव विष्टको एकल नाम सिफारिस

काठमाडौं । रिक्त रहेको एक सचिव पदमा बढुवाका लागि एक सहसचिवको एकल नाम सिफारिस भएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव रामकृष्ण सुवेदी अनिवार्य अवकाशमा गएसँगै रिक्त भएको सचिव पदपूर्तिका लागि बढुवा सिफारिस गरिएको हो ।

सुवेदी अहिलेका मुख्यसचिव एकनारायण अर्याल भन्दा पनि बरिष्ठ सचिव थिए । कतिपयले आफूभन्दा तत्कालिन कनिष्ठ सचिव अर्याल मुख्यसचिव नियुक्त भएको अवस्थामा सुवेदीले राजीनामा दिने अनुमान गरिएको भए पनि उनले आफ्नौ सचिवको पूर्ण कार्यकाल पूरा गरेर अनिवार्य अवकाशमा गएका हुन् ।

लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले सहसचिव रघुराम विष्टको नाम एकल नाम सिफारिस गरेको हो । बिष्ट करिव ७ महिनापछि अर्थात २०८२ जेठ २४ गते ५८ वर्षे उमेरहदका कारण अनिवार्य अवकाशमा जानेछन् ।

निजामती सेवा ऐनअनुसार कार्यसम्पादन मूल्यांकनमा ८० प्रतिशतका आधारमा हुने बढुवामा लगातार ४ पटकसम्म एक सचिवका लागि ३ सहसचिव र पाँचौँ पटक ज्येष्ठताका आधारमा २० प्रतिशतबाट १ जना मात्रै ज्येष्ठ सहसचिवको नाम सिफारिस गर्ने व्यवस्था छ । त्यसै व्यवस्था अनुसार सबैभन्दा ज्येष्ठ सहसचिव विष्टको नाम मात्रै सचिव बढुवाका लागि सिफारिस भएको हो ।

अब बस्ने मन्त्रिपरिषद् बैठकले एकल सिफारिस भएका सहसचिव विष्टलाई सचिवमा बढुवा गर्नेछ । बिष्ट अहिले गण्डकी प्रदेश सरकारको कायममुकायम ९कामू० प्रमुख सचिवको जिम्मेवारीमा रहेकाले बढुवा भएपछि उनले गण्डकी प्रदेशकै प्रमुख सचिवको जिम्मेवारी सम्हाल्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर