जीवी राईका कानूनी सल्लाहकार राष्ट्रपतिको सल्लाहकार पङ्क्तिमा विराजमान हुनु लज्जास्पद : सूर्य थापा – Nepal Press

जीवी राईका कानूनी सल्लाहकार राष्ट्रपतिको सल्लाहकार पङ्क्तिमा विराजमान हुनु लज्जास्पद : सूर्य थापा

काठमाडौं । सहकारी ठगी सम्बन्धी छानबिनका लागि बनेको संसदीय समितिका संयोजक सूर्य थापाले जीवी राईका कानूनी सल्लाहकार राष्ट्रपतिको सल्लाहकार पङ्क्तिमा हुनु लज्जास्पद भएको टिप्पणी गरेका छन् । निजको विषयमा समितिलाई पूर्वजानकारी रहेको थापाको भनाइ छ ।

नेपाल प्रेसले हाल राष्ट्रपतिका कानूनी सल्लाहकार रहेका बाबुराम कुँवर सहकारी ठगीमा आरोपित जीवी राईको कोर टीममा व्यक्त रहेको खुलासा गरेको थियो । पछि अन्य सञ्चारमाध्यमले पनि समाचार प्रकाशित गरेका थिए । यस विषयमा आज छानबिन समितिका संयोजक थापाले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका हुन् ।

यो पनि पढ्नुहोस्- जीबी राईको ‘कोर टीम’ मा रहेका वकिल राष्ट्रपतिका कानूनी सल्लाहकार

छानबिन अवधिभित्रै यस्ता समाचार आएको भए आफूहरूलाई पनि सहयोग पुग्ने तर अहिले लगनपछिको पोते झैँ भएको उनको टिप्पणी छ ।

थापाले लेखेका छन्, ‘सहकारी ठग जीवी राईको कानूनी सल्लाहकार रहेको व्यक्ति सम्माननीय राष्ट्रपतिको सल्लाहकार पङ्क्तिमा विराजमान देखिनु राष्ट्रकै लागि एउटा लज्जास्पद दृश्य हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर