कांग्रेस र एमालेका मान्छेलाई संरक्षण गरियो, विपक्षी नेतालाई छानीछानी जेल हालियोः माओवादी (भिडिओ) – Nepal Press

कांग्रेस र एमालेका मान्छेलाई संरक्षण गरियो, विपक्षी नेतालाई छानीछानी जेल हालियोः माओवादी (भिडिओ)

सरकारले सुशासनमा दोहोरो मापदण्ड अपनाइरहेको प्रवक्ता अग्नि सापकोटाको आरोप

काठमाडौं । नेकपा माओवादी केन्द्रले वर्तमान सरकारले सुशासनको मामिलामा दोहोरो मापदण्ड अपनाएको आरोप लगाएको छ । माओवादी प्रवक्ता अग्नि सापकोटाले विपक्षी नेताहरुलाई छानीछानी जेल हालिएको र कांग्रेस-एमालेका मान्छेलाई जोगाइएको बताए ।

आज पार्टीको प्रदेश कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सापकोटाले प्रचण्ड नेतृत्वको अघिल्लो सरकारले सुशासनमा क्रान्ति गरेको दाबी गरेका थिए । तर, अहिलेको सरकारले पक्षपातपूर्ण व्यवहार गरिरहेको उनको भनाइ छ ।

 

सापकोटाले भने, ‘नेपालको इतिहासमा कानूनभन्दा माथि कोही पनि छैन भन्ने सन्देश दियो हाम्रो सरकारले दिएको थियो । कोही निर्दोष नफसुन् र कोही दोषि कोही नछुटुन् भन्ने मान्यताका साथ बिनामोलाहिजा कारवाही गरिएको थियो । अहिलेको सरकारले विपक्षी दलका नेता व्यक्तिलाई छानीछानी मुद्दा हाल्ने र जेल पठाउने काम गरिरहेको छ । म नामहरू पनि भन्न तयार छु । कांग्रेसका धनराज गुरुङ र एमालेका ऋषिकेश पोखरेल लगायतलाई प्रमाण हुँदाहुँदै पनि खुल्लारूपमा संरक्षण गरियो ।’

सहकारी प्रकरणमा हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई रास्वपाले काखी च्याप्न खोजेको हो ? भनेर पत्रकारले सोधेका थिए ।

जवाफमा सापकोटाले भने, ‘यो विषय अदालति प्रक्रियामा गएको छ । उहाँहरूले नारा लगाउनुभएको छ । हामी दोहोरो मापदण्ड अपनाउनु हुँदैन भनिरहेका छौं । पक्षपात गर्नु हुँदैन भनेका छौं । हाम्रो दृष्टिकोण यही हो ।’


प्रतिक्रिया

2 thoughts on “कांग्रेस र एमालेका मान्छेलाई संरक्षण गरियो, विपक्षी नेतालाई छानीछानी जेल हालियोः माओवादी (भिडिओ)

  1. तिमीहरूले सुन तस्करीमा माओवादीका तस्करीको पैसा बाँडेका नेतालाई छोडेजस्तै भयो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *