सातै प्रदेशसहित जिल्ला हेर्नेगरी ७८ जना भेटेरिनरी निरीक्षक तोकिए (सूचीसहित) – Nepal Press

सातै प्रदेशसहित जिल्ला हेर्नेगरी ७८ जना भेटेरिनरी निरीक्षक तोकिए (सूचीसहित)

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सातै प्रदेशका विभिन्न जिल्ला, प्रदेश र देशैभरी हेर्नेगरी विभिन्न जिल्लामा भेटेरिनरी निरीक्षकको तोकिएका छन् ।

पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०५५ को दफा २५ अनुसार कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मन्त्रिस्तरीय निर्णय गरेपछि तोकिएका भेटेरिनरी निरीक्षकको नामावली मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै प्रदेश र जिल्लामा पठाइएको हो ।

जसमा सम्बन्धित प्रदेशको पनि जिल्ला नै हेर्नेगरी कोशी प्रदेशमा ९, मधेश प्रदेशमा ८, बागतमी प्रदेशमा ११, गण्डकी प्रदेशमा १०, लुम्बिनी प्रदेशमा ९, कर्णाली प्रदेशमा ३ र सुदूरपश्चिम प्रदेशमा ४ जनालाई जिम्मेवारी तोकिएको छ ।

साथै देशैभरी हेर्नेगरी १२ जना र सम्बन्धित प्रदेश हेर्नेगरी विभिन्न जिल्ला तोकेर सातै प्रदेशमा १२ जनालाई तोकिएको छ । खटाइएको नामावली अनुसार वरिष्ठ पशु चिकित्सक, वरिष्ठ पशु विकास अधिकृत, पशु चिकित्सक, अधिकृत छैटौ, अधिकृत आठौं लगायत रहेका छन् ।

यस्ताे छ सूची:


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *