नन्दन फाडनिस लुम्बिनी लायन्सको प्रमुख प्रशिक्षक नियुक्त – Nepal Press

नन्दन फाडनिस लुम्बिनी लायन्सको प्रमुख प्रशिक्षक नियुक्त

काठमाडौं। नेपाल प्रिमियर लिग(एनपीएल) क्रिकेटका लागि भारतीय प्रशिक्षक नन्दन फाडनिसलाई लुम्बिनी लायन्सले प्रमुख प्रशिक्षक नियुक्त गरेको छ।

फाडनिसले यसअघि नेपाली राष्ट्रिय क्रिकेट टोलीमा रहेर पनि काम गरेका छन्।

राष्ट्रिय टोलीका कप्तान रोहित पौडेल लुम्बिनीका मार्की खेलाडी हुन्। लुम्बिनीमा आबद्ध हुन भएकामा फाडनिसले खुसी व्यक्त गरेका छन्।

एनपीएल आगामी मंसिर १६ देखि सुरु हुँदै छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *