हेटौंडा सिमेन्टको तार चोरी गर्ने पक्राउ – Nepal Press

हेटौंडा सिमेन्टको तार चोरी गर्ने पक्राउ

हेटौंडा । पूर्ण सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योगमा प्रयोगमै आइरहेको तामाको तार चोरीको आरोपमा मकवानपुर प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले बिहिबार पत्रकार सम्मेलनको आयोजना गरि चोरीमा सम्लग्न रहेकाहरुलाई सार्वजनिक गरेको हो ।
प्रहरीले चोरी गरेको आरोपमा हेटौंडा १३ का मनिराम थोकर, सन्तबहादुर तितुङ र तार किन्ने मोतिहारी भारतका दिलखुश कुमार शाहलाई नियन्त्रण लिएको हो ।

चोरीमा सहभागी अन्य ५ देखि सात जनाको टोलिलाई खोजी गरिरहेको मकवानपुरका प्रहरी प्रमुख विश्व खडकाले बताए ।

चोरहरुले हेटौंडा-९ मा रहेको सिमेन्ट उद्योगको क्रसरबाट ६ र ४ इन्चको बिजुलीको तामाको तार चोरी गरेका थिए । उनीहरुले करिव १० लाख मूल्यको तार चोरी गरेको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *