प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पौने २ अर्ब जम्मा – Nepal Press

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पौने २ अर्ब जम्मा

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पौने २ करोड जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार अहिलेसम्म १ अर्ब ८५ करोड २१ लाख १२ हजार ६६८ रकम जम्मा भएको हो ।

कोषमा विभिन्न सङ्घ संस्था, निकाय र कम्पनीले सहयोग रकम जम्मा गरेका छन् । यस्तै व्यक्तिगत रुपमा पनि कोषमा रकम जम्मा भएको छ । अहिलेसम्म सबैभन्दा बढी आइएई गु्रप लिमिटेडले ४ करोड ५० लाख रकम जम्मा गरेको छ भने दोस्रोमा लेपाल आयल निगले ३ करोड रकम जम्मा गरेको छ ।

तेस्रोमा राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषले बराबर २–२ करोड जम्मा गरेका छन् । यस्तै चौथोमा कृषि विकास बैंक लिमिटेडले १ करोड ५० लाख जम्मा गरेको छ भने पाँचौमा भाटभटेनी सुपर मार्केटले १ करोड ११ लाख ११ हजार १११ रुपैयाँ जम्मा गरेको छ ।

यस्तै नेश्नल हाइड्रोपावर कम्पनी लिमिटेड, प्रभुम बैंक लिडिटेड, एसएपीडीसीले १ करोड जम्मा गरेको छ ।

जम्मा भएको रकममध्ये १ अर्ब ५६ करोड ६९ लाख ८९ हजार ६८ रुपैयाँ २०८१ असार मसान्तसम्मको मौज्दात रहेको छ भने २२ लाख २२ हजार ६०४ रुपैयाँ बैंकबाट व्याज प्राप्त भएको हो ।

सरकारले गत असोज ११ र १२ गतेको अविरल वर्षापछिको बाढीपहिरोबाट प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनाका लागि उक्त रकम खर्च गर्दै आएको छ । विपद् प्रभावितलाई सहज रुपमा राहत उपलब्ध गराउन सरकारले अति प्रभावित, प्रभावित क्षेत्र समेत घोषणा गरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *