दाङमा माओवादी नेतासहित ७२ जना जुवाडे पक्राउ – Nepal Press

दाङमा माओवादी नेतासहित ७२ जना जुवाडे पक्राउ

रुपन्देही । दाङमा प्रहरीले पछिल्लो साता जुवाडेहरुलाई धमाधम पक्राउ गरेको छ । दसैं तिहार चाडबाडको समयमा जिल्ला प्रहरी कार्यालय दाङले ७२ जना जुवाडेलाई पक्राउ गरेर मुद्दा चलाएको जनाएको छ ।

दाङमा नयाँ आएका जिल्ला प्रहरी प्रमुख एसपी अर्जुन तिमिल्सिनाले आफू आउनासाथ जिल्लाका राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधिहरुलाई जुवातास नियन्त्रणका लागि लिखितरुपमै प्रतिबद्धता गराएका हुन् ।

जुवाताससहित पक्राउ परेका कसैलाई पनि नछोडिने एसपी तिमिल्सिनाले बताए । हालै मात्रै नेकपा माओबादी केन्द्रबाट घोराही १७ मा वडा अध्यक्षको उम्मेदवार बनेका वर्ष ५० का पदम केसीसहित १० जनालाई प्रहरीले जुवाको खालबाट पक्राउ गरेको जनाएको छ ।

७२ जना जुवाडेको साथबाट हालसम्म ७ लाखभन्दा बढी रकम बरामद भएको प्रहरी प्रमुख तिमिल्सिनाले जानकारी दिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *