नेपाली काँचो माटोको पाको राजनीतिक अभ्यासमा रास्वपा – Nepal Press

नेपाली काँचो माटोको पाको राजनीतिक अभ्यासमा रास्वपा

गन्तव्य लक्ष्य र सपनाविनाको नेतृत्व र निषेधको राजनीतिक संयन्त्र निर्माण गरी नेपाली जनताको पवित्र संकल्पबाट सुरू हुने सबै पटकका आन्दोलनले जनतालाई धोखा दिएको/पाएको यथार्थ हरेक नेपालीले राम्ररी बुझेका छन् ।

दलीय गोलबन्दले अकर्मण्यता, असक्षमता, आशा र भरोसा आशीर्वाद कृपा हुँदा हुँदै स्वार्थ सिद्धीबाट लुटतन्त्र र व्यक्तिगत अधिपतयका लागि बौद्धिकताकाको खरिद-बिक्री गरी नागरिक  सर्वोच्चता र नागरिक स्वतन्त्रमाथि लगाम लगाई शासन र शक्तिबाट नेता र दलीय प्रणालीको सर्वोच्चता र यसको बाध्यकारी स्वीकार्यतामा देश र जनता विगत ३५ वर्षदेखि बन्धक छन् ।

रास्वपा नेपाली काँचो माटोको दीर्घकालीन खुला हृदयदेखिको पाको राजनीति गर्न चाहन्छ । नागरिक स्वतन्त्रता कुल सर्वोच्चता अर्थात् जनता सर्वोपरि शासन व्यवस्थामा विश्वास गर्दछ । मधेसको विभेद र अधिकारको लागि भएको आन्दोलनको मूल चुरो कुरो यही हो । शासक भक्षक भई नागरिकको यथार्थ आवश्यकता र पीडामा नजर अन्दाज गर्दछ । जनतामाथि शोषण र चरम विभेद हुन्छ ।

मधेसले अधिकारको आन्दोलन त गरायो तर न लक्ष्य थियो न गन्तव्य जनता स्वाभिमानका साथ समग्र राष्ट्रिय परिवेशमा पहिचान र सहभागिता स्थापित गराउने राज्यले आफ्नै नागरिकलाई भारतीय नागरिकको रूपमा हेर्ने/देख्ने राज्यको नजरिया बदल्ने जस्तो महान् संकल्प नागरिक अधिकार र स्वतन्त्रको लडाइँ लामो समयदेखि मिथिला भूमि मधेसले भोग्यो, गर्‍यो तर संस्कार र संगतजस्तै प्रजातन्त्रपछि जन्मिएका दलीय नेतृत्व भक्षक भए इमान हरायो, बेइमानी धन्दा फस्टायो, लाग्छ बेइमानीविना बाँच्न गाह्रो छ । संसार बेइमानी र ठगी धन्दामात्र चल्छ ।

वास्तवमा चुस्त व्यवस्थापन, प्रणाली पारदर्शिता र नागरिकको शासनमा पहुँच र जनलोकपालको सुनिश्चिचतताले नेपाली नागरिकको स्वतन्त्रता र सर्वोच्चता स्थापित हुन्छ । यसैलाई आधार बनाई रास्वपा सभापति व्यक्तिगत व्यवसायिक जीवनको भोगाइ गराइको वास्ता नगरी राजनीति अभियानको नेतृत्व गर्दै छन् । यो अभियान रवि लामिछानेको होइन सम्पूर्ण युवा पुस्ताको हो ।

पराधीनता दासत्व अन्त्य शिक्षा स्वास्थ्य रोजगारको सुनिश्चितता, नागरिकको बाँच्न खुला अवसरका लागि दीर्घकालीन समाधान स्वाधीनताको आधार स्तम्भ निर्माण गर्नु यस अभियानको मूल उद्देश्य हुन् । भने, राजनीतिक घेराबन्दी तोड्नु देश लाई वैकल्पिक निकास दिन स्वतन्त्र व्यक्ति चरित्र निर्माणले मात्र तत्कालीन निकास आउँदैन र  ढिला हुने हुँदा सम्पूर्ण स्वतन्त्र अभियान कर्तालाई संगठित गर्नु संवैधानिक आवश्यकता रहेकोले र पार्टी निर्माण गर्नु र पेसा त्यागी देश र जनतालाई आसा भरोसा दिँदै युवा पुस्ताले आफ्नो उत्तरदायित्व पूरा गर्न मार्ग निर्देशन नितान्त कर्तव्यनिष्ठ हुनु आवश्यकता थियो र भयो ।

परिवर्तनको नायक रवि लामिछाने बने । जनताले यही बुझे तर रवि लामिछानेले यो अभियान हो मैले अग्रसरता देखाएँ भन्ने मान्छन् र हरेकको भूमिकाप्रति सम्मान दिन्छन् । जनताले केहीलाई मात्र विश्वास गरी राम्रै जनमत दिए । निर्वाचित नयाँ पुस्ताले भरपुर क्षमताले प्रदर्शन देखाए । जनतामा खुसी उत्साहित र थप विश्वास जगायो । विषयको संवेदनाविना खुला रूप वा शब्दमार्फत राख्न थाले यति कि- को प्रतिपक्ष, को निकटको पर्याय के गोप्य, के सार्वजनिक ख्याल नगरी आफ्नो काँचोपन निर्णय र कार्य सम्पादनमा देखियो ।

धैर्यता र अभिमत दृष्टिकोण फरक भए पनि ठाउँ र परिस्थितिको ख्याल गर्न चुके जस्तो भने सानो समयमा यस्तो निलो क्रान्तिसम्मको सपना बुन्नु रास्वपा नेपाली काँचो माटोको पाको राजनीतिक अभ्यास गर्दै छ भन्ने मान्नु पर्छ । सुदृढ हुनुपर्छ परिष्कृत हुनुपर्छ । रास्वपाभित्रको काँचोपन स्वाभाविक हो । यसको आकार प्रकार प्रकृतिको लागि माटो सुक्नुपर्छ बल्ल रास्वपालाई बनाउन  हार्ने र जित्ने २ दल हुने राजनीतिलाई पेसा हैन सेवा र क्षमता प्रस्फुटनको अवसर असल चरित्रको निर्माण गर्ने थलो बनोस् रास्वपा यति चाहन्छ ।

रास्वपा व्यक्ति चिन्दैन प्रणाली बुझ्दछ । प्रणाली मान्नु र गर्नु कार्यसम्पादनको वैधानिक सुनिश्चितता कायम गर्नु हुनेछ । पार्टी निर्माण गर्दा रास्वपा पनि सीमित व्यक्तिको घेरा भित्र परेको, विभिन्न स्वार्थ लिई छिरेको, स्वार्थ मिल्नेहरूले छुटै राजनीतिक रणनीति बुनेको रवि लामिछाने कमजोर भएको मान्दछन् । परिस्थिति र संस्कारले मानव परिवर्तन गर्न सक्दछ । मापदण्ड सरेर रास्वपा नेतृत्व निर्माण भएको र यसको परिधि फराकिलो रहेको रवि लामिछाने मान्दछन् । यसको लागि राष्ट्रिय भेलामार्फत आफ्नो कार्यकर्ता र उम्मेदवारसँग पटक-पटक माफी माग्दै आफूलाई प्रेरणा र संवाहकको रूपमा मात्र लिन भनी हरेक तह नेतृत्व दिन आह्वान गर्दछन् । इमानको लडाइँले युग परिवर्तन सुनिश्चित हुनसक्छ । यो कौशल अहिलेको पुस्तामा छ । विश्वास वहमा प्रखर छ ।

रास्वपा निर्माणले हरेक आन्दोलनको सार्थकता पूरा गर्न सक्छ । स्वतन्त्र हुनु भनेको पूर्ण लोकतन्त्र  Complete Democracy vs Democrays under kingship or democracy based on party system दलीय तन्त्र थियो र हो ।

नेकपा एमालेका महान् नेताहरू मदन भण्डारी र मनमोहनको नेपाली जनताको जनवाद नागरिक सर्वोच्चता र नागरिक स्वतन्त्रता कायम गर्नु हो । माओवादीको जनवादी क्रान्ति एवं आमूल परिवर्तनको सपना बुन्ने प्रचण्डबाहेक कबुलियत अरु कोही देखिँदैनन्, छैनन् । विषय वस्तुमा दख्खल दिन सक्ने प्रचण्डका मुख्य सारथि बाबुराम, विप्लव बेमुख बेघर छन्, केही स्तब्ध । जे भए पनि व्यवस्था र अवस्था परिवर्तन अर्थात् स्वनिर्भरता सम्पन्नता र आत्मसम्मानको लागि भएको क्रान्ति हो ।

सङ्घीय गणतन्त्र धर्म निरपेक्षता अर्थात् मानव धर्म विभेद र चेतना निर्भर राज्यको मूल धर्म बनाई जनताको संविधान बनाई निकास दिनु पछिल्लो जनआन्दोलनको उपलब्धि प्राप्तिको सम्मान गर्दे अगाडि बढ्नुको विकल्प छैन । अधिकतम स्वीकार्यता उत्कृष्टता साबित गर्न आउँदो दिनमा परिमार्जन परिष्कृत गर्न दीर्घकालीन दृष्टि चाहिन्छ । त्यो युवापुस्तामा हुन्छ गर्छ ।

त्यसैले परिवर्तनको सम्मान गर्दै स्वतन्त्र नागरिक बन्नु नेपाली नागरिकको राष्ट्रिय धर्म हो । हरेक आन्दोलन सहिद, सपूतहरूबाट प्राप्त परिवर्तन र उपलब्धिको स-सम्मान, संस्थापन र दिशा निर्देश गर्नु युवा पुस्ताको साझा कर्तव्य हो । रास्वपा अनुभव, कौशल, पिडा भोगेका युवा पुस्ताहरूको बाँकी अभिभारा हो । समयमा वैचारिक विभाजित राजिनीति त्यागेर देश बनाउन स्वतन्त्र देशभक्त हुनु पर्छ । देश बनाउन, घर बनाउन केको राजनीति ? खुला निलो आकाश जस्तै विशाल, समान खुला अवसर निरन्तर सुदृढ विकास र विस्तार र वृद्धि । संसारमा साबित गराऔँ अग्रगामी हामी नेपाली ।

योग्यता विज्ञताको उचित सम्मान र प्रतिस्पर्धाविना उत्कर्षको नवीन गुणात्मक उपलब्धि सम्भव छैन । वर्तमानको राजनीतिले यसको खरिद बिक्री गर्न बाध्य बनाउने, पार्टीको गुलामी र चाकडी गर्दा पहिचान दिने नीतिले अहम हठको पाखण्ड नेतृत्वको जन्म गराउने हुन्छ । हदसम्मको अपराध स्वाभाविक बनाउने हुन्छ कंसले भ्रूण हत्याप्रतिको पाखण्डीपन र कृष्णको जन्मको अवस्था र नेपाली स्वतन्त्र अभियानको अवस्था उस्तै छ । त्यसैले बचाउका लागि जनविश्वास र जन सहभागिता आवश्यक छ ।

आजसम्म नेपाली जनताको पिडा पहिचान र यसको दीर्घकालीन समाधान नदिन सक्नु अयोग्य नीचता देखाउने फुटाउने राजनीतिक र शासन गर्ने प्रवृत्तिको अन्त्य हुनै पर्छ । दुई कार्यकालसम्म परिणाम नदिने जुनसुकै ओहोदाका नेतृत्वलाई थप कार्यकालको लागि नालायकको नेतृत्व साबित हुने हुँदा वर्तमानका प्रधानमन्त्री अर्थमन्त्रीले देशलाई निकास दिन नसक्ने । स्वार्थ सिद्धीको लागि कम्युनिष्ट-कांग्रेसको एकीकृत भई सरकार बन्नुले देश र जनताले दु:ख पाउने निश्चित छ । यिनीहरूको बहिर्गमन अपरिहार्य छ ।

रास्वपाको विरोध रवि लामिछानेको रिहाइभन्दा पनि बेथिति, विसङ्गति बदनीयतको राजनीतिविरुद्ध हो । रवि लामिछानेलाई सहकारीमा दोषी नभएको प्रष्टीकरण सार्वजनिकरूपमा दिने हो । निजी कम्पनीबाट कार्य सम्पादन गर्दा निजको दस्तखतबाट भएको कार्य सम्पादन जसमा सरोकारवाला सञ्चालक शेयर धनीलाई आपत्ति नहुने, नेपाल सरकार र सम्बन्धित निकायले कर चुक्ता प्रमाण पत्र दिने हरहिसाब बरबुझारथ भएको अवस्था न ग्राहक, न शेयर होल्डर । आपत्ति नहुनु कुनै प्रचलित कानून नमिचिनुले रवि लामिछाने निसर्त छुट्छन् ।

तर, विभिन्न स्वार्थ बोकेले पार्टीको नेतृत्वको अवसर स्वार्थको कुण्ठाबाट रविको ‘हनुमान’ को नाट्य र लाभको प्रपञ्च नभएर रविको रिहाइमात्र रास्वपाको विरोधको भाव होइन भन्ने बुझ्नुपर्छ । व्यक्ति गलत हुन सक्छ, अनुसन्धान र कानून मान्नुपर्छ यसमा स्वयम् सभापति रवि लामिछानेले सहज रूपमा स्वीकार गरेर सहयोग गरे । तर, नेपाली समाजमा केही प्रश्न रह्यो यो व्यवस्था हरेक नागरिकहरू चुकेका हुन्छन् र दोषी ठहर्छन् ।

ऋण लिँदा झूटा आय प्रमाण पेस, बैंक वित्तीय संस्था तथा विदेश जान बैंक ब्यालेन्स देखाउने, जग्गा पास गर्दा कम मोल गरी राजश्व बुझाउने र ऋण लिँदा बढी मूल्याङ्कन गर्ने जस्ता कार्य भएको गरिएको देखिन्छ । जो सुकै प्रतिशोध साँध्न जसलाई पनि फसाउन सक्ने र स्वार्थ सिद्धी पूरा गर्ने प्रपञ्च रच्न सक्छ । नभएको कसरी मान्ने ? न्याय मर्दैन भन्ने कसरी मान्ने ? रवि लामिछानेको अपिल र प्रदर्शनमाथि कार्य बेहोरा ठिक पक्कै छैन, पुरानो पुस्ताको नेतृत्व आवश्यक छैन बहिर्गमन आवशयक भयो । साथ दिन रास्वपा दलीय सीमाभन्दा माथि परिवर्तन प्रति संकल्पित छ । हार्दिक अपिल समेत गरेको छ ।

रास्वपाको देश विकास र निकास वैकल्पिक राजनीति धारको अभियान मेरो पूर्ण साथ समर्थन छ ।

देश बनाउन के को फरक विचार एक सुव्यवस्थित प्रणाली, सहकार्य, सद्भाव र ऐक्यबद्धताबाटै देश निर्माण सम्भव छ ।

मैले बुझेको चाहेको रास्वपाको अभियान असीम शुभकामना ।

सचेत बनौँ, जागौँ

(विकास सुशासन, र मोद्रिक नीति अद्यता डा. तिवारी सिरहा ४ बाट रास्वपाका उम्मेदवार थिए)


प्रतिक्रिया

2 thoughts on “नेपाली काँचो माटोको पाको राजनीतिक अभ्यासमा रास्वपा

  1. ए चाहन्छ पक्का पनि, तपाईंले कहिले बुझ्ने हिमेश पन्तले त अलिक बुझिसकेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *