ताप्लेजुङको चित्ताकर्षक लामपोखरी
ताप्लेजुङ । ४३०० मिटर हाराहारीको उचाइ । सामान्य पर्यटक ट्रेल पूर्वाधार र सामान्य आवासको सुविधा अभाव ।
कि त पालमा, कि त गोठमा बस्ने मात्र विकल्प । यी सबै सीमितता हुँदाहुँदै पनि आगन्तुक तानिरहन्छ ताप्लेजुङको मुन्धुमी मार्गको एउटा ल्याण्डमार्क पोखरी (लामपोखरी) ।
शेर्पाहरूले यो पोखरीलाई छोनाक्तिङ भन्ने गरेको सिम्बुक क्षेत्रका युवा पथप्रदर्शक शेर्पा पान्देले नेपाल प्रेसलाई जानकारी दिए ।
यही पोखरीको आसपास सजिएका लोदेन पोखरी, सुन पोखरी, फुसफुसे पोखरी, भूत पोखरी आदिले थप आकर्षण थपेको छ ।
याक्थुङ लिम्बुहरू लोदेन पोखरीलाई एक प्रमुख मुम्धुमी धाम मान्छन्।
यत्ति हुँदापनि सरकारी तवरबाट यो क्षेत्रमा कायापलट हुने पूर्वाधार विकास भने शून्य सरह भएको धेरै आगन्तुकको चित्त दुखाई छ ।