कैलालीमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु – Nepal Press

कैलालीमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

कैलाली । कैलालीमा ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

जिल्लाको घोडाघोडी नगरपालिका–५ डोकेबजार स्थित पूर्व पश्चिम राजमार्गमा सुदूरपश्चिम प्रदेश ०१–०१२ प ७२७९ नम्बरको मोटरसाइकल र सुदूरपश्चिम प्रदेश ०१–००२ त ६१८७ नम्बरको ट्याक्टर एक आपसमा ठोक्किँदा मोटरसाइकल चालक घोडाघोडी नगरपालिका–१० बस्ने २७ वर्षीय सुशील विकको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक दीपेन्द्र पालले जानकारी दिए ।

बिहीबार साँझ ६ः२०मा भएको दुर्घटनामा गम्भीर घाइते भएका विकको धनगढीस्थित निसर्ग अस्पताल उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर र ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *