सेभेन समिट सकेर फर्किएका निम्सलाई विमानस्थलमा भव्य स्वागत (तस्बिरहरू / भिडिओ) – Nepal Press

सेभेन समिट सकेर फर्किएका निम्सलाई विमानस्थलमा भव्य स्वागत (तस्बिरहरू / भिडिओ)

काठमाडौं । सातै महादेशका अग्ला हिमाल (सेभेन समिट) को चुचुरोमा पुगेर कीर्तिमान थपेका आरोही निर्मल पुर्जा ‘निम्स’ को त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

उनले सेभेन समिटको अन्तिम गन्तव्य चुचुरो इन्डोनेसियाको क्यास्टेर्न पिरामिडको आइतबार १:५० मा सफल आरोहण सकेर निम्स नेपाल फर्किएका हुन् । क्यास्टेर्न पिरामिड विश्वको सात शिखरमध्येको एक हो ।

विना अक्सिजन ८ हजार मिटरभन्दा अग्ला सबै १४ चुचुरोमा ५० पटक पाइला टेक्ने र सातै महादेशका अग्ला हिमाल (सेभेन समिट) आरोहण गर्ने पहिलो आरोही बनेका छन् निम्स ।

विमानस्थलमा उनको स्वागतमा सयौं युवाहरूले मोटरसाइकल र्‍याली निकालेका थिए । उनलाई विमानस्थलबाट गौशाला, चाबहिल हुँदै बौद्ध गुम्बा पुर्‍याइएको थियो ।

१४ वटै हिमाल आरोहणको सफलता लिएर फर्केका ९ जना आरोहीलाई सम्मान गरिएको थियो । १४ वटै हिमाल सफल आरोहण गरी फर्किएका निम्ससहित ९ जना आरोहीलाई यसअघि असार अन्तिम साता नागरिकस्तर र राज्यबाट अभिनन्दन गरिएको थियो ।

तस्बिरहरू : उमेश कार्की । 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर