४२ जना पाकिस्तानी खेलाडीले दिए एनपीएलका लागि नाम, हेर्नुस् क्यानको सूची – Nepal Press

४२ जना पाकिस्तानी खेलाडीले दिए एनपीएलका लागि नाम, हेर्नुस् क्यानको सूची

पाकिस्तानी राष्ट्रिय टीमका ओपनर साइम अयुब र अब्दुल्लाह सफिक पनि सूचीमा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिगको पहिलो संस्करणमा टेस्ट राष्ट्रहरुको समेत ध्यानाकर्षण भएको छ । ती राष्ट्रहरुका थुप्रै खेलाडीले एजेन्टमार्फत आफ्नो नाम क्यानमा पठाएका छन् ।

क्यानमा सबैभन्दा बढी नाम पाकिस्तानबाट आएको छ । एनपीएलमा उपलब्ध हुनसक्ने भनेर एजेन्टहरुबाट ४२ जना पाकिस्तानी खेलाडीको नाम आएको स्रोतले जानकारी दियो । पाकिस्तानी खेलाडीहरुमा राष्ट्रिय टीमबाट खेलिसकेका र खेलिरहेका थुप्रै नामहरु छन् । पाकिस्तानका हुसैन तलातलाई एनपीएलको फ्रेन्चाइज कर्णाली एक्सले अनुबन्ध गरिसकेको छ । अन्य खेलाडीहरु बिकेका छैनन् ।

एनपीएलका लागि उपलब्ध पाकिस्तानी खेलाडीमा हाल राष्ट्रिय टीमका ओपनर अब्दुल्ला सफिक र सइम अयुबसमेत छन् । यस्तै पाकिस्तानका चर्चित क्रिकेटरहरु सरफराज अहमद, मोहम्मद ह्यारिस, सोहैल तनभीर, सर्जिल खान, मोहम्मद हाफिज, वाहव रियाज, यासिर साह, मोहम्मद इरफानलगायत छन् ।

यी खेलाडीहरुसँग फ्रेन्चाइजहरुले सीधै डिल गर्न सक्नेछन् । मूल्यको कुनै सीमा तोकिएको छैन ।

हेर्नुस् पाकिस्तानी खेलाडीको सूची

  • इन्सानुल्लाह (बलर)
  • वाहव रियाज (बलर)
  • इरफान खान नियाजी (मध्यक्रम ब्याटर)
  • रुम्मान रइस (बलर)
  • यासिर साह (बलर)
  • सोयब मक्सुद (मध्यक्रम ब्याटर)
  • उमैद आसिफ (अलराउन्डर) आमिर यामिन (अलराउन्डर)
  • इरफान खान (बलर)
  • अनवर अली (बलर)
  • डानिस अजिज (अलराउन्डर)
  • अली इमरान (अलराउन्डर)
  • उमर अमिन (टप अर्डर ब्याटर)
  • ओमर बिन युसुफ (ब्याटर)
  • मुहम्मद हुराइरा (ब्याटर)
  • हुसैन तलाट (अलराउन्डर)
  • मुबासिर खान (अलराउन्डर)
  • यासिर जन (बलर)
  • माइनुद्दिन (ब्याटर)
  • हसिब खान (ब्याटर)
  • जाफर गोहार (बलर)
  • मोहम्मद हाफिज (टप अर्डर ब्याटर)
  • सर्जिल खान (टप अर्डर ब्याटर)
  • मोहम्मद होस्नेन (बलर)
  • उस्मान कादिर (बलर)
  • सोहेल तनवीर (बलर)
  • आमिर जमाल (अलराउन्डर)
  • खुराम सहजाद (बलर)
  • हुनैन साह (बलर)
  • जहान्दाद खान (अलराउन्डर)
  • साइम अयूब (टप अर्डर ब्याटर)
  • मोहम्मद ह्यारिस (विकेटकिपर ब्याटर)
  • अब्दुल्लाह सफिक (टप अर्डर ब्याटर)
  • इमाम उल हक (टप अर्डर ब्याटर)
  • सरफराज अहमद (विकेटकिपर ब्याटर)
  • सहिब्जादा फरहान (मिडल अर्डर ब्याटर)
  • हसिबुल्लाह खान (विकेटकिपर ब्याटर)
  • आरिफ अकुव (बलर)
  • अराफत मिनहास (बलर)
  • तारिह बाइग (ब्याटर)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर