राजेन्द्र महतोको पार्टीको नाम फेरियो, १७३ सदस्यीय केन्द्रीय समिति प्रस्ताव – Nepal Press

राजेन्द्र महतोको पार्टीको नाम फेरियो, १७३ सदस्यीय केन्द्रीय समिति प्रस्ताव

काठमाडौं । राजेन्द्र महतोले पार्टी दर्ताका लागि निर्वाचन आयोगमा आवेदन दिएका छन् । राष्ट्रिय मुक्तिक्रान्ति नाम राख्नको लागि निर्वाचन आयोगले अस्वीकार गरेपछि नाम परिवर्तन गरेर आयोगमा आवेदन दिएका हुुन् ।

राष्ट्रिय मुक्ति पार्टी नेपाल नाम र माछा चुनाव चिन्ह रहनेगरी आफूहरुले निवेदन दर्ता गराएको नेता केशव झाले बताए । उनका अनुसार १७३ सदस्य केन्द्रीय समिति प्रस्ताव गरिएको छ ।

उनले भने, ‘हामीले आयोेगमा आवेदन दिएका छौं । प्रमाणपत्र केही दिनमा दिन्छ होला । १७३ केन्द्रीय सदस्य राखेका छौं । त्यसमा एक जना अध्यक्ष अरुलाई केन्द्रीय सदस्य भनेका छौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर