भड्किलो धार्मिक अभिव्यक्ति दिएको आरोपमा राई पक्राउ – Nepal Press

भड्किलो धार्मिक अभिव्यक्ति दिएको आरोपमा राई पक्राउ

काठमाडौं। सामाजिक सन्जालमार्फत भड्किलो धार्मिक अभिव्यक्ति दिएको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरोले खोटाङको हलेसीतुवाचुङका ४२ वर्षीय नयन्द्रकुमार राईलाई नियन्त्रणमा लिएको हो। उनलाई इलाका प्रहरी धरानको समन्वयमा पक्राउ गरिएको ब्युरोले जनाएको छ।

ब्युरोका प्रवक्ता दीपकराज अवस्थीका अनुसार राईले हिन्दु धर्मको विरोध गर्दै भिडिओ पोस्ट गरेका थिए ।

ब्युरोको टोलीले सामाजिक सञ्जाल निगरानी गर्ने क्रममा राईले सामाजिक सञ्जाल युट्युब लगायत डिजिटल प्लेटफर्महरूबाट धार्मिक सहिष्णुतामाथि आघात पुऱ्याउने, घृणा वा द्वेष फैलाउने, विभिन्न जात जाति र सम्प्रदाय बीचको सुमधुर सम्बन्धलाई खलल पार्ने श्रव्य दृश्य सामाग्री निर्माण तथा प्रसारण गरेको पाइएको प्रवक्ता अवस्थीले बताए ।

आरोपी राईमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा आवश्यक अनुसन्धान भइरहेको छ । अदालतबाट ४ दिनको म्याद लिएर राईमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *