बालुवाटारमा सत्ता साझेदार दलहरुको बैठक सुरु (भिडिओ) – Nepal Press

बालुवाटारमा सत्ता साझेदार दलहरुको बैठक सुरु (भिडिओ)

काठमाडौं । सत्ता साझेदार दलको बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटमा बैठक अहिले बसिरहेको छ।

आजको बैठकमा पछिल्लो राजनीतिक र आर्थिक अवस्थाका बारेमा छलफल हुने जनाइएको छ।

आजको बैठकमा सरकारको सय दिने कामको समीक्षा र आगामी रणनीतिबारे पनि छलफल हुने जनाइएको छ। यसअघि बुधबार बसेको बैठकले सत्ता साझेदार दलहरुबीच एकमत बनाउनको लागि आजको बैठकमा छलफल गर्ने सहमति भएको थियो।

सरकारको सय दिन पार गरेलगत्तै विपक्षी दलहरुले सरकारविरुद्ध मोर्चाबन्दी थालेका छन्। विपक्षी दलहरुले प्रधानमन्त्री केपी शमा ओली नेतृत्वको सरकार असफल भएको दाबी गर्दै आइरहेका छन्।

कांग्रेस एमालेबीच गठबन्धनमा खटपट भएको विपक्षी दलहरुको दाबी गरेपनि सत्तापक्षले त्यसको खण्डन गरेको छ।

आजको बैठकमा रास्वपा सभापति रवि लामिछाने पक्राउ प्रकरणलेखि भोलि प्रमुख प्रतिपक्षी माओवादी केन्द्रको प्रदर्शनको बिषयमा समेत छलफल हुने जनाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर