४ मुलुकका लागि श्रम काउन्सेलर र श्रम सहचारी नियुक्त – Nepal Press

४ मुलुकका लागि श्रम काउन्सेलर र श्रम सहचारी नियुक्त

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विभिन्न ४ मुलुकका लागि श्रम काउन्सेलर र श्रम सहचारी नियुक्त गरेको छ ।

काउन्सेलर (श्रम) तथा श्रम सहचारी छनौट तथा नियुक्ति सम्बन्धी कार्यविधि तथा मापदण्ड २०७३ बमोजिम विभिन्न ४ मुलुकका लागि मूल्यांकन प्रक्रियाबाट श्रम काउन्सेलर र श्रम सहचारी नियुक्त गरिएका हुन् ।

मन्त्रालयमा कार्यरत उपसचिव दिपेन्द्र पौडेल संयुक्त अरव इमिरेट्स, अबुधावीका लागि र मन्त्रालयमा नै कार्यरत उपसचिव कविराज उप्रेती साउदी अरेबिया, रियादका लागि श्रम काउन्सेलर नियुक्त भएका छन् ।

यस्तै मन्त्रालय अन्तरगत रहेको राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठानमा कार्यरत शाखा अधिकृत सुनीता थापा बराइनको मनामा र वैदेशिक रोजगार कार्यालय ताहाचलमा कार्यरत शाखा अधिकृत प्रेमप्रसाद पोखरेल कतर, दोहाका लागि श्रम सहचारी नियुक्त भएका हुन् ।

मन्त्रालयका अनुसार वैदेशिक रोजगार विभाग, ताहाचलमै कार्यरत शाखा अधिकृत विकासकुमार रजक प्रतिक्षा सूचीमा रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर