वैदेशिक रोजगारीमा मृत्यु भएका परिवारले अब १० लाख क्षतिपूर्ति पाउने – Nepal Press

वैदेशिक रोजगारीमा मृत्यु भएका परिवारले अब १० लाख क्षतिपूर्ति पाउने

काठमाडौं । वैदेशिक रोजगारीमा मृत्यु भएका व्यक्तिका परिवारले अब १० लाख क्षतिपूर्ति पाउने भएका छन् । यस अघि ७ लाख पाउँदै आएकोमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ३ लाख बढाएर १० लाख पुर्याउने निर्णय भएको मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै जानकारी गराएको हो ।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले यो निर्णय भएको जानकारी गराए ।

उनका अनुसार यदि वैदेशिक रोजगारीमा गएको कुनै पनि व्यक्ति बिरामी परेर उपचार गर्दा गर्दै मृत्यु भएमा पनि उसले उपचार खर्च र मृत्यु भएपछि पाउने १० लाख पनि क्षतिपूर्ति पाउनेछ । तर त्यो श्रमिकले श्रम स्वीकृति भने लिएको हुनुपर्ने मन्त्री भण्डारीले जानकारी गराए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *