सत्तारुढ दलको साझा विज्ञप्ति- आर्थिक सुधार र सुशासनमा सरकार अघि बढेकोमा सन्तोष – Nepal Press

सत्तारुढ दलको साझा विज्ञप्ति- आर्थिक सुधार र सुशासनमा सरकार अघि बढेकोमा सन्तोष

काठमाडौं । सत्तागठबन्धन दलका शीर्ष नेताहरूले केपी ओली नेतृत्व सरकारको सय दिनको समीक्षा गरेका छन् ।

बालुवाटारमा बसेको सत्तारुढ ४ दलको बैठकले ७ बुँदे संयुक्त वक्तव् जारी गर्दै अहिलेसम्मका कामको समर्थन र आगामी दिनमा प्रभावकारी रूपमा काम गर्ने प्रतिवद्धता जनाएको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए ।

कांग्रेस-एमालेबीचको सात बुँदे सहमतिको जगमा सरकार बनेपछि मुलुकलाई आर्थिक संकटको अवस्थाबाट बाहिर निकाल्न, सुशासन र विकासको दिशामा अघि बढाउन महत्वपूर्ण कदम अघि बढाएको गठबन्धनको निष्कर्ष छ ।

सरकारलाई थप प्रभावकारी बनाउन दलहरूले साझा दृष्टिकोण सार्वजनिक गरेका छन् ।


प्रतिक्रिया

One thought on “सत्तारुढ दलको साझा विज्ञप्ति- आर्थिक सुधार र सुशासनमा सरकार अघि बढेकोमा सन्तोष

  1. संसदमा रहेका निजामती लगायत संघीयतासँग सम्बन्धित विधेयक छिटो पास गर्ने प्रतिबद्वता देखेर प्रतिबद्वता भन्ने शव्दको खिल्ली उडाएकोजस्तो लाग्यो । । फागुनमा दर्ता भएको विधेयक समितिमा ६ महिनामा जम्मा एक दिन छलफल हुन्छ । त्यसपछि संसदीय समितिको बैठक नै हुँदैन । एउटै विधेयकमा हजारौं संशोधन पर्छ । स्पष्ट छ आगामी अधिवेशनबाट पनि पास हुँदैन । तर पनि नाटक चाहिँ पास गर्ने भनेर मञ्चन भैरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर