सत्ता गठबन्धनको निचोड : सडकबाट व्यवस्था र सरकारको विकल्प खोज्ने कुरा अस्वीकार्य – Nepal Press

सत्ता गठबन्धनको निचोड : सडकबाट व्यवस्था र सरकारको विकल्प खोज्ने कुरा अस्वीकार्य

काठमाडौं । सत्ता साझेदार सात दलले सरकारको विकल्प नखोज्न विपक्षी दलहरूलाई चेतावनी दिएका छन् । बालुवाटारमा बसेको गठबन्धनको बैठकले सात दलहरूले संयुक्त वक्तव्य जारी गर्दै सडकबाट लोकतान्त्रिक व्यवस्था र सरकारको विकल्प खोज्ने कुरा कुनै पनि अर्थमा स्वीकार्य हुन नसक्ने एमालेका महासचिव शंकर पोखरेलले बताए।

संयुक्त वक्तव्यमा भनिएको छ, ‘छ दशक लामो राजनीतिक आन्दोलनबाट जनता सार्वभौमसत्ता सम्पन्न भएको र नेपाली जनताबाट निर्वाचित जनप्रतिनिधिहरूले आफ्नो संविधान आफैँ बनाएर कार्यान्वयन गरिरहेको अवस्थामा उत्पन्न समस्याको समाधान लोकतान्त्रिक विधि र प्रक्रियाबाट खोज्न सकिन्छ र खोज्नु पर्दछ भन्ने मान्यतामा हामी दृढ छौं ।’

सोहीअनुसार राजनीतिक स्थायित्वको आधार तयार गर्नका लागि सहमतिका आधारमा संवैधानिक, कानूनी र संरचनागत सुधारमा जोड दिँदै आएको उल्लेख छ।

वक्तव्यमा भनिएको छ, ‘यस्तो अवस्थामा अराजकतालाई प्रोत्साहन गर्ने, राजनीतिक अस्थिरतालाई बल पुर्‍याउने तथा सुशासन र विकासको नेपाली जनताको आकांक्षालाई असर पुग्ने गरी विभिन्न नाम र स्वरूपमा हुने कुनै पनि प्रकारका अवाञ्छित गतिविधिहरु उचित होइनन् । त्यसमाथि सडकबाट लोकतान्त्रिक व्यवस्था र सरकारको विकल्प खोज्ने कुरा कुनै पनि अर्थमा स्वीकार्य हुन सक्दैन ।’

लोकतन्त्रको विकल्प अझ उन्नतस्तरको लोकतन्त्र रहेको उल्लेख गर्दै सरकारको विकल्प खोज्ने बाटो संसद र नयाँ जनादेश नै भएको उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर