सरकार परिवर्तनको कुरा निरर्थक र भ्रमपूर्ण : गृहमन्त्री लेखक – Nepal Press

सरकार परिवर्तनको कुरा निरर्थक र भ्रमपूर्ण : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सरकार परिवर्तनको कुरा निरर्थक र भ्रमपूर्ण भएको बताएका छन् ।

शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दलहरुको बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै गृहमन्त्री लेखकले सरकार बदलिने कुरा निरर्थक हल्ला र भ्रमपूर्ण हल्ला भएको बताएका हुन् ।

उनले यस प्रकारको हल्लाका पछाडी कुनै तर्क र अर्थ नभएको बताए । उनले वर्तमान सरकार बहुमतका साथ अगाडि बढिरहेको भन्दै त्यस प्रकारको भ्रममा नपर्न आग्रहसमेत गरे ।

‘एउटा निरर्थक हल्ला, भ्रमपूर्ण हल्ला अब यो सरकार बदलिन्छ । आज बदलिन्छ । भोलि बदलिन्छ भन्ने खालका जुन कुराहरु छन् । त्यसका पछाडि कुनै तर्क, अर्थ केही पनि छैन’, उनले भने, ‘त्यो निरर्थक र भ्रमपूर्ण कुरा हो । अहिलेको सरकार अत्यन्त बहुमतका साथ अगाडी बढिराखेको छ । त्यो भ्रममा नपर्न पनि आजको बैठकले दृढ विश्वास व्यक्त गरेको छ ।’

गृहमन्त्री लेखकले संविधान संशोधन राजनीतिक सहमती निर्माण गरेर गरिने बताए ।


प्रतिक्रिया

One thought on “सरकार परिवर्तनको कुरा निरर्थक र भ्रमपूर्ण : गृहमन्त्री लेखक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर