रास्वपाले भोलि सरकारविरुद्ध ‘मौन धारण’ गर्ने – Nepal Press

रास्वपाले भोलि सरकारविरुद्ध ‘मौन धारण’ गर्ने

काठमाडौं । रास्वपाले नेकपा एमालेको केन्द्रीय पार्टी कार्यालय निर्माणका लागि व्यवसायी मीनबहादुर गुरुङले जग्गा दान दिएको स्थानमा गएर मौन धारण गर्ने भएको छ ।

दुई तिहाइको दम्भकारी सरकारविरुद्ध आन्दोलन जारी रहेको जनाउँदै रास्वपाले शनिबार सरकारको नैतिकताको मृत्युको मौन धारण गर्न लागेको जनाएको हो ।

बिहान ११ बजे कीर्तिपुर नगरपालिका २ मैत्रीनगरमा कार्यक्रम गरिने रास्वपाले जनाएको छ ।

सहकारीको रकम अपचलन आरोपमा पार्टीका सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपा आन्दोलनरत छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर