सिन्धुलीगढी घुमेर हेर्दा… – Nepal Press

सिन्धुलीगढी घुमेर हेर्दा…

सिन्धुली । नेपालको ऐतिहासिक गाथा बोकेको बागमती प्रदेशस्थित सिन्धुलीगढी दरबार क्षेत्र नेपालको घुम्नलायक क्षेत्र मध्यको एक हो ।

प्रदेशको राजधानी हेटौंडाबाट १२० किलोमीटर मदन भण्डारी लोक मार्ग यात्रा गरेपछि पुगिने सिन्धुलीको सदरमुकामपछि १८ किलोमिटर विपी राजमार्गको उकालो यात्रापश्चात सिन्धुलीगढी दरबार पुगिन्छ ।

दरबार पुग्नु ३ किलोमlटर अगाबै पुगिने सेल्फी डाँडा पर्यटकहरुको लागि तस्विर कैद गर्ने आकर्षक गन्तब्य बन्दै आएको छ । राजमार्गमानै पर्ने सेल्फी डाँडामा पर्यटकले आराम गर्दै स्थानीय उत्पादनको जुनार, अम्बा, आटलगायतको फलफूलको स्वाद लिन समेत पाइन्छ ।

केहीबेरको आराम पश्चात सिन्धुली दरबार क्षेत्रको चिसो किल्लामा पुगिन्छ । दरवार क्षेत्र प्रवेश गर्नासाथ सानो गढिको अवलोकन गर्न सकिन्छ । त्यसपछि तल ओर्लिएर युद्ध संग्रालयलाई अवलोकन गर्न सकिन्छ । संग्रालयमा तत्कालीन युद्धमा प्रयोग भएको हातहतियार,शिलालेख र युद्दमा अतुलनीय योगदान दिने नेपाली विरहरुको गाथाबारे अध्ययन गर्न सकिन्छ ।

संग्रालय परिषरमै रहेको तत्कालिन जेलघर, अदालत तथा युद्धमा साहदत गरेका अगुवा सहिदहरुको शालिक अवलोकन गर्दै नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको पूर्ण कदको आकर्षक प्रतिमा पर्यटकको रोजाइमा पर्छ ।

त्यसपछि करिव १३० वटा सिढी उक्लेर गढी किल्ला पुगिन्छ । निकै ठाडो उकालो रहेको उक्त सिढी उक्लँदा जो कोहि पनि थकित हुन्छ्न् तर किल्लामा पुगेपछि ती थकान हराउँदै जान्छ । तत्कालीन समयमा युद्धको किल्ला कस्तो हुन्छ भनेर बुझ्न खोज्नेहरुकोलागि उक्त क्षेत्र एउटा पाठशाला हो ।

गढी किल्लाको अवलोकन पश्चात करिव एक किलोमिटर दुरीमा आकर्षक रानी महल रहेको छ । तर व्यवस्थापन अभावमा रानीमहल जीर्ण बन्दै गएको छ ।

जुनारको राजधानी भनेर चिनिने सिन्धुलीमा दरबार वरपर दर्जनौको सङ्ख्यामा विक्री केन्द्रहरु छ्न् । जुनारका दानादेखि जुससम्म पर्यटकले सहज खरिद गर्न सक्दछ्न् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *