प्रधानमन्त्रीको दाबी- कांग्रेस र एमालेले देशका लागि असाधारण योगदान गरेका छन् – Nepal Press

प्रधानमन्त्रीको दाबी- कांग्रेस र एमालेले देशका लागि असाधारण योगदान गरेका छन्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डेमोक्रेसी, देश र जनताको लागि काम गर्न कांग्रेस र एमाले मिलेको बताएका छन् ।

वन तथा वातावरण मन्त्रालयले आज आयोजना गरेको राष्ट्रिय जलवायु सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यी दुई पार्टी आआफ्नो प्रतिबद्धता स्पष्ट रहेको बताए ।

उनले भने, ‘अहिलेको सरकार नेकपा एमाले र नेपाली कांग्रेस यी दुई वटा नेपालको राजनीतिक, सामाजिक, यस इतिहासमा परिवर्तनका कुराहरुमा, योगदानका कुराहरुमा र परिवर्तन साकार पार्न लड्ने कुराहरुमा यी पार्टीहरु सदैव अग्रणी रहेका हुन् र यिनले असाधारण योगदान पनि गरेका छन् ।

उनले सरकारले कसैलाई भोकै पर्न पनि नदिने र मर्न पनि नदिने बताए ।

प्रधानमन्त्री ओलीले आगामी नोभेम्बर २०२४ मा अजरबैजानको बाकुमा हुने विश्व जलवायु सम्मेलन (कोप-२९) हिमालदेखि समुद्रसम्मको अवधारणालाई स्पष्ट र सशक्त रुपमा उठाइने बताए ।

संयुक्त राष्ट्रसंघको ७९औं महासभाका मञ्चमा नेपालले राखेका जलवायु न्यायसम्बन्धी विषयलाई कोप सम्मेलनमा अझ प्रभावकारी रूपमा सशक्त उठाउन तयारी भएको उनले बताए ।

नेपालमा हिमालहरुले विश्व तापमानलाई सन्तुलित बनाउन योगदान गरिरहेको सन्दर्भमा विश्वमा भएको कार्बन उत्सर्जनका कारणबाट हिमालहरु जोगाउनु र नेपालले कार्बन उत्सर्जन गर्ने मुलुकबाट उचित क्षतिपूर्ति पाउनु विश्वको हितमा हुने उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर