सरकारलाई नारायणकाजीको चेतावनी- अब पनि नसच्चिए माओवादीले अर्को कदम चाल्छ – Nepal Press

सरकारलाई नारायणकाजीको चेतावनी- अब पनि नसच्चिए माओवादीले अर्को कदम चाल्छ

‘प्रचण्ड नेतृत्वको सरकारले फाइल खोल्न थालेपछि निद हराम भएकाहरुले अहिले भ्रष्टाचारविरोधी अभियान रोक्दैछन्’

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भ्रष्टाचारी, ठग र राज्य लुट्नेहरुले निद हराम भएपछि प्रचण्ड नेतृत्वको सरकार ढालेको दाबी गरेका छन् ।

सरकारविरुद्धको खबरदारीसभालाई सम्बोधन गर्दै उनले प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारविरुद्धको अभियान चलाएर सामाजिक र आर्थिक रुपमा अगाडि बढाउने प्रयास गरेको बताए ।

उनले भने, ‘हामीले भ्रष्टाचार र ठगीविरुद्ध ठूलो अभियान सञ्चालन गर्‍यौं । राज्यलाई लुट्नेहरुविरुद्ध ठूलो अभियान सञ्चालन गर्‍यौं । हामी दाबीका साथ भन्न सक्छौं, यो देशमा राणाशासनपछि २०७७ देखि बनेको सरकारले गर्न नसकेको काम हाम्रो सरकारले गर्‍यो । भ्रष्टाचारीहरुलाई कानूनको दायरामा ल्यायौं । त्यसबेला प्रचण्ड प्रधानमन्त्री र म गृहमन्त्री हुँदा सुत्न नपाइने भयो, निद हराम भयो, गर्दियो भनेर भ्रष्टाचारी, ठग र राज्य लुट्नेहरुले भन्थे ।’

सुशासन र भ्रष्टाचारविरुद्धको अभियान चलाउँदा देशमा नयाँ आशा र ऊर्जा भएपछि, सह्य नभएपछि सरकार ढालेको उनले जिकिर गरे ।

उनले भने, ‘उहाँहरुले हामीलाई शिक्षा दिने, जसले गएको सरकारले ललिता निवास काण्डमा कीर्ते मुद्दामा अदालतमा छ, अख्तियारले दायर गरेको मुद्दामा कैद र जरिवानाको मुद्दा सर्वोच्च अदालतमा छ । एउटा अदालतले दोषी ठहर गरेर अर्को अहिले सर्वोच्चमा विचाराधीन मुद्दा भएको व्यक्तिलाई सफाइ दिन मिल्छ कि मिल्दैन ? यस्तो सह्य हुन सक्दैन ।’

सरकारले भ्रष्टाचारविरोधी अभियान रोक्ने प्रयास गरिरहेको आरोप लगाउँदै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले सरकार सच्चिएर नआए माओवादीले खबरदारीसभामै सीमित नभएर अर्को कदम चाल्नसक्ने चेतावनी पनि दिए ।


प्रतिक्रिया

One thought on “सरकारलाई नारायणकाजीको चेतावनी- अब पनि नसच्चिए माओवादीले अर्को कदम चाल्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर