भाटभटेनीका शेयरहोल्डर ओली रहेछन्, मेरो भनेर हैरान बनाइसकेका थिए: प्रचण्ड – Nepal Press

भाटभटेनीका शेयरहोल्डर ओली रहेछन्, मेरो भनेर हैरान बनाइसकेका थिए: प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीले मीनबहादुर गुरुङसँग जग्गादान लिएपछि भाटभटेनी प्रचण्डको हो भन्ने आरोपबाट आफूले मुक्ति पाएको बताए ।

सरकारविरुद्धको खबरदारीसभालाई सम्बोधन गर्दै उनले भाटभटेनी आफ्नो नभएको भन्दाभन्दा हैरान भइसकेको बेलामा ओलीले क्लियर गरिएको भन्दै धन्यवाद दिए ।

उनले भने, ‘यो भाटभटेनी प्रचण्डको हो भन्ने आरोप लगाउँदै आइरहेका थिए । मैले होइन भन्छु, पत्याउने कसैले होइन । प्रचण्डकै हो भनेको छ, हिँडेको छ । हाम्रो नेतृत्वको सरकारले पक्राउ गरेर मुद्दा चलाउँदा पनि यो प्रचण्डकै हो भनेका थिए । म हैरान थिएँ, कसरी क्लियर गर्ने भनेर । अहिले केपीजीले क्लियर गरिदिनुभयो । धन्यवाद छ । त्यसको शेयरहोल्डर तपाईं रहेछ, भ्रष्टाचारी त तपाईं नै रहेछ भन्ने क्लियर गरिदिनुभयो । मैले बोल्नैपरेन । तपाईंले नै उहाँ पहिल्यैदेखि एमाले हुनुहुन्थ्यो भन्दिनुभयो । तपाईंलाई धन्यवाद ! अब यो प्रचण्डको होइन भन्ने भयो । म खुशी छु ।’


प्रतिक्रिया

One thought on “भाटभटेनीका शेयरहोल्डर ओली रहेछन्, मेरो भनेर हैरान बनाइसकेका थिए: प्रचण्ड

Leave a Reply

Your email address will not be published. Required fields are marked *