कीर्तिपुरबाट रास्वपाको दाबी- प्रधानमन्त्रीले लिएको जग्गा दान होइन, घुस हो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कीर्तिपुरमा मौन प्रदर्शन गरेको छ । सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोध राखेर सरकारले पक्राउ गरेको भन्दै आज काठमाडौंको कीर्तिपुरमा प्रदर्शन गरेको हो ।
प्रदर्शनपछि बोल्दै कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले रास्वपा आफैंमा आन्दोलन भएको बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गरे ।
उनले प्रधानमन्त्री ओलीले पार्टीको नाममा व्यवसायी मीनबहादुर गुरुङसँग जग्गा दान लिएको नभई घुस लिएको दाबी गरे ।
उनले भने, ‘एमालेले १० रोपनी १४ आना जगा दान लिएको छ, जोसँग सरकारवादी भएर ललिता निवास काण्डमा मुद्दा चलिरहेको छ, ९ अर्ब बिगो भराउनुपर्ने मुद्दा छ । त्यही व्यक्तिसँग १०० करोडको जग्गा दान लिने निर्णय गरेको छ, त्यो दान होइन, घुस हो । एक ठाउँमा सरकारको जग्गा दोहन गर्ने अर्को ठाउँमा दिने, यो चाहिँ संगठित अपराध हो । संगठित ठगी हो । यो एउटा केसमा मात्रै भएको छैन, गिरीबन्धुमा पनि संगठित ठगी भएको छ ।’
उनले ठूला दलहरुले संगठित ठगी गरेकै कारणले देश अगाडि बढ्न नसकेको जिकिर गरे ।
अनपढ गवारहरू बुझ जग्गा ओलिले लिएको होईन । ओलिले लिने र एमालेले लिने भनेको आकाश जमिनको फरक कुरा हो । तिमीहरू एमाले प्रवेश गर त्यो जग्गामा तिमीहरूको पनि उपयोगको हिस्सा हुन्छ । स्वामित्वको होईन । ओलिको भए त तिमीहरूले सुँघ्न पनि पाउदैनौ ।
अनपढ गवारहरू बुझ जग्गा ओलिले लिएको होईन । ओलिले लिने र एमालेले लिने भनेको आकाश जमिनको फरक कुरा हो । तिमीहरू एमाले प्रवेश गर त्यो जग्गामा तिमीहरूको पनि उपयोगको हिस्सा हुन्छ । स्वामित्वको होईन । ओलिको भए त तिमीहरूले सुँघ्न पनि पाउदैनौ ।
अनपढ गॅवारहरू सुन्, जग्गा ओली र हमालेले लिएको घुस नै हो। १० रोपनि जग्गा फोकटमा कसैले दिन्छ? त्यो पनि पार्टी बाहीरको मान्छेले! झोलेहरू अनपढ होलान्, जनता सचेत छन्।